
सुर्खेत । लागू औषध ब्राउनसुगर सहित वीरेन्द्रनगरबाट २ जना पक्राउ परेका छन् । विहिवार वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ बस्ने बर्ष १९ का दिनेश राजी र वडा नम्वर ६ सनिहल लाईनबाट वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ बस्ने बर्ष २४ को उत्सब जिसिलाई लागुऔषध ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शरिर खानतलासी गर्दा राजीको साथबाट ब्राउनसुगर जस्तो धुलो पदार्थ २ पुडिया लागुऔषध प्लाष्टिक बाहेक १०० मिलिग्राम र जिसिको साथबाट नाप तौल गर्दा ७० मिलिग्राम लागू औषध ब्राउन सुगरजस्तो देखीने खैरो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका राजी र जिसिको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको छ ।


दर्शन खबर । २२ पुष २०७९, शुक्रबार