सुर्खेत । रेडा स्कुलको दोस्रो परिक्षाको नतिजा तथा अभिभावक भेला सम्पन्न भएको छ । लेकवेशी नगरपालिका वडा नम्बर १० शान्तीपुरमा रहेको रुरल एजुकेशनल डेभलपमेन्ट एकेडेमी (रेडा) काे उक्त कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । उक्त भेलामा केशर बहादुर खड्काको अध्यक्षतामा विद्यालयको नौ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरीएको छ । जसमा सदस्यहरुमा विनिता गिरी, लक्ष्मी शाही, मान कुमारी बस्नेत, सरिता बस्नेत, रगुविर बुढा, डिला बुढा मगर, मिना शर्मा रहेको उक्त संघमा सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल हरी प्रसाद रेग्मी रहेका छन् । भेलामा बोल्दै विद्यालयका प्रिन्सिपल रेग्मीले नतिजाको आधारमा विद्यार्थीलाई निरुत्साहित नगर्न साथै यस विद्यालयलाई आगामी दिनमा अगाडि बढाउन सम्पुर्ण अभिभावकलाई आग्रह गरेका छन् ।
प्रिन्सिपल रेग्मीले लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिका १३ का विद्यार्थीहरुलाई समयानुकल शिक्षा दिँदै आएको दावी गरे । विगतमा यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुलाई स्वास्थ्य र ईन्जिनियरिङमा पढ्न योग्य बनाएको उनले स्मरण गराए । केही वर्ष यता कोभिड १९ कोरोना भाईरसका कारण प्रभावित भएको विद्यालय केही नयाँ ढङ्गले अगाडि बढाईएको छ । यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष खड्काले यस क्षेत्रमा शैक्षिक सुधार उन्मुख हुँदै गएपनि यस क्षेत्रका माध्यमिक तहका विद्यार्थीहरुको शिक्षामा अझै गुणस्तरीय शिक्षा कायम गर्न बाँकी रहेको उल्लेख गरे । उक्त भेलामा अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


दर्शन खबर । २२ पुष २०७९, शुक्रबार