जाजरकोट । सहास नेपालले जाजरकोटको शिवालय गाउँपालिकाका ४५ वटा समुहलाई सहयोग गरेको छ । पाईला परीयोजनाले संचालन गरिरहेको साहास नेपालले जिल्लाको शिवालय गाउँपालिकाको वडा नम्बर १ देखि ९ करीब ४५ बटा समुहलाई सहास नेपालको सहयोग र गाउँपालिकाको साझेदारीमा पशु तथा विभिन्न सामान सहयोग गरीएको हो । पशु तथा विभिन्न सामान पाउनेमा आर्थिक रूपमा विपन्न रहेका एकल महिला, दलित, जनजाति रहेको सहास नेपाल पाईला परीयोजना जाजरकोटका कृषि प्राबिधिक योगेन्द्र सिँहले बताए । तत्काल विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी ६० जना कृषकलाई सोलार, ५५ जना कृषकलाई प्लाष्टिक घर, ४७ जना कृषकलाई बाख्रा, र ६ वटा कृषकलाई बोका वितरण गरीएको प्राबिधिक सिँहले बताए ।
आगामी वर्ष यसलाई थप विस्तार गरिने लक्ष्य रहेको उनको भनाई छ । वडाका विपन्न घरधुरीमा सोलार विस्तार भएपछि उनीहरुको दैनिक जीवनयापनमा सहज हुने गरेको वडा नम्बर ९ का वडा अध्यक्ष दिपक खड्काले बताए । अहिलको समयमा टुकीको सहारामा अध्यारो कटाउनुपर्ने बाध्यताका उनीहरुको लागि कार्यक्रम उपयोगी भएको हुँदा सहयोग गर्ने संस्थालाई धन्यवाद व्यक्त गरे । सोलारको प्रयोगबाट महिलाहरुको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले जानकारी दिए । यस्तै सहास नेपाल पाईला परीयोजनाका कार्यक्रम अधिकृत हरी प्रसाद अधिकारीले समुदाय र सरकारवालाहरुको क्षमता विकास कृषकहरुलाई उत्थानशिल प्रविधिको सहयोग, आयआर्जन क्रियाकलापमा सहयोग गरीरहेको बताए । उनले पाईला परियोजनाले हरेक दिन तिन तिन दिनमा कृषक र जनप्रतिनिधि गरी करिब ११८ जनाको मोवाईलमा मौसम पुर्वनुमान सन्देश पठाउने गरेको बताए । पछिल्लो समय जाजरकोटका विभिन्न स्थानमा पाईला परीयोजनाले सहयोग गर्दै आएको छ ।



दर्शन खबर । २१ पुष २०७९, बिहीबार