‘शहिद पार्क’मा बनेको बाघको मुर्तीको बनावट किन मिलेन ?


सुर्खेत । पछिल्लो समय सुर्खेतमा कोलाज गरिएको बाघको तस्विर र मुर्ति भाईरल बनेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को भैरम सामुदायिक वनभित्र रहेको ‘शहिद पार्क’मा राखिएको बाघको र कन्याको मूर्तिको मूल्य तथा बनावटलाई विभिन्न टिप्पणी गरेर सामाजिक सञ्जालमा भाइरल बनाईएको हो । आईतवारदेखि भाईरल बनेको उक्त तस्विरको फोटा अहिले अधिकांस मानिसले पोष्ट गरेको देखिन्छ ।
सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ११ र नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले १३ लाख मूल्यको बाघको मूर्ति अन्य जिल्लामा नभई सुर्खेतमा बनेको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा बाघको मूर्तिको मुल्य कसैले १२ लाख भनेका छन्, भने कसैले ११ लाख भनेका छन् । तर सामाजिक सञ्जालमा भनिएको बाघको मूर्तिको मुल्यमा भने केही फरक तथ्य रहेको छ । भैरम सामुदायिक वनका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका–४ का वडा सदस्य अम्मरबहादुर कार्कीले सामाजिक सञ्जालमा पोष्ट गरीएको मुल्यमा सत्यता नभएको दावी गरेका छन् । उनले गत आर्थिक वर्षमा भैरम सामुदायिक वनको कार्यसमितिले बाघको र कन्याको मुर्ति बनाउने निर्णय गरे अनुरुप उक्त दुई वटा मुर्ति करीव १ लाख ५ हजारमा बनाएको जानकारी दिए । उनका अनुसार उक्त पाटेबाघ र कन्याको मुर्ति काँक्रेविहार मन्दिर बनाएका ललितपुरका कालीगढले बनाएका हुन् । मुर्ति बनाएका कालिगढ हाल सुर्खेतमा नभएको हुँदा उनी सुर्खेतमा आएमा पुनः मुर्तिलाई सुधार्न लगाउँने वनका अध्यक्ष कार्कीले प्रतिवद्धता जनाए, साथै उनले यस्तो कमिकमजोरीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गर्नु भन्दा सुधारमा केही सहयोग गर्न आग्रह गरेका छन् ।
यस्तै सोही वनका सहसचिव कमल पन्तले सामाजिक सञ्जालमा भनिएका मुर्तिको मुल्यमा सरासर गलत भएको बताए । उनले मुर्तिको तस्विर सामाजिक सञ्जालमा चर्चा हुनुको कारण बनावट नमिलेको स्वीकार गरेका छन् । उक्त २ वटा मुर्ति कालिगढले एक महिनामा तयार गरेका हुन् । हाल सुर्खेतको शहिद पार्क एक सुन्दर पर्यटकिय क्षेत्र बनेको छ । उक्त ठाउँमा टिकटक, फोटा खिच्नेहरुको दिनमा बाक्लो भिडभाड हुने गर्देछ । सहिद पार्कमा आउने पर्यटकबाट लिइने शुल्कबाट जम्मा भएको रकमले बाघ र कन्याको मूर्ति बनाइएको हो । पार्कमा प्रवेशका लागि प्रतिव्यक्ति २० रुपैयाँ लिने गरीएको छ ।

 

तपाईको प्रतिक्रिया