सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा धेरै पर्यटकीय गन्तव्य क्षेत्रहरु रहेका छन् । जसमा एक महत्वपुर्ण हो घण्टाघर, घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको अधिकांश ठाउँ देख्न सकिन्छ । घण्टाघरमा चारै दिशामा १/१ वटा घडी राखिएका छन् । दिनमा एक सय देखि दुई सय जना सम्म घण्टाघरमा जाने गर्दछन् । घण्टाघर भित्र धेरै रोमाञ्चक दृष्यहरु रहेका छन् । भित्र जति रोमाञ्चक दृष्यहरु भए पनि बाहिरीबाट देखिएको एउटा फरकपन हो घण्टाघरको घडि, २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको सुई करीब १७ वर्षपछि चल्ने भएको छ । २०६३/०६४ साल देखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गर्न लागिएको छ । १७ वर्षदेखि बन्द भएका घण्टाघरका घडी सञ्चालनमा ल्याउन नसकिएपछि सुर्खेत उद्योग वाणिज्य सङ्घको पहलमा वीरेन्द्रनगर नगरपालिकाले १२ लाख रुपैयाँ लागतमा नयाँ घडी जडान गर्न लागेको हो ।
आम नागरीकले १२ वर्ष भने पनि उक्त घडि विग्रिएको करिव १७ बर्ष भईसकेको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भएपनि पुराना घडीहरू मर्मत सम्भार हुन नसकेपछि भारतबाट नयाँ घडी मगाएर जडान गर्ने काम भईरहेको संघका अध्यक्ष कँडेलले जानकारी दिए । ‘आम जनताले घडि विग्रिएको १२ वर्ष भएको भने पनि घडि विग्रिएको करिव १७ देखि १८ वर्ष भईसकेको छ । घडि करिव २०६३÷०६४ सालमा विग्रिएको हो, यस्तो घडि बनाउने मान्छे नेपालमै छैन, जसको लागि भारतमा मात्रै मर्मत सम्भार हुने भएको हुँदा नगरपालिकले भारतका ईलेक्ट्रिसियनसँग पहल गर्न नसक्दा घडि निमार्णमा ढिलाई भएको हो, संघका अध्यक्ष कँडेले भने, उनले अबको २३ गते सम्म उक्त घडि जडान कार्य सम्पन्न हुने जानकारी दिए ।
यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नयाँ घडी जडान गर्नका लागि प्राविधिक टोलीले तिव्र रुपमा काम गरीरहेको जानकारी दिए । उनले अब घण्टाघरमा राखिने अमेरीकन टेक्नोलोजीको ४ वटा घडि भारतबाट ल्याईएको बताए । साथै विश्वकै सबैभन्दा राम्रो कम्पनिको घडि भएको पनि उनले दावी गरेका छन् । २०४५ मा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडीको सुई करीब १७ वर्षदेखि रोकिएको बताउँदै घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन पुन ःःःःसहज बनाउने विश्वास लिएको बताए । गत वर्ष घडि निमार्णको लागि प्रदेश सरकारले विनियोजन गरेको करीब ११ देखि १२ लाख बजेट फ्रिज गएको बताए । उनले भने ‘ प्रदेश सरकारले घडि जडानको लागि करीव ११ लाख बजेट विनियोजन गर्याे, हामीले घडि जडानको प्रक्रिया थाल्दा थाल्दै बजेट नै फ्रिज गयो ।’ अबको २३ गते सम्म घण्टाघरमा घडि पुर्ण रुपमा चल्ने गरी काम भईरहेको उनले जानकारी दिए । घण्टाघरको सुई बन्ने भएपछि स्थानियहरु खुसी भबन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको स्थानीयले गुनासो गर्दै आइरहेका थिए । घण्टाघरको सुई बन्ने भएपछि स्थानियहरु खुसी भएको बताउछन् ।


दर्शन खबर । २१ पुष २०७९, बिहीबार