सुकदेव अधिकारी र मेलीना राईको ‘कल्ले बोलायो’ बजारमा आयो (भिडियो सहित)

सुर्खेत ।
सुर्खेती भुमिमा जन्मीयका लोक गाएक सुकदेब अधिकारीको कल्ले बोलायो बजारमा आएको छ ।
लोक गायक सुकदेव अधिकारी र धनी मेलीना राईको स्वर रहेको लोकगित म्युजिक भिडियो सहित बजारमा आएको हो ।
सुर्खेतका युवा समाजसेवी लोकेश खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युवमार्फत सार्वजनिक भएको हो ।
भिडियोमा पनि चर्चित मोडलहरुले अभिनय गरेका छन् । रुद्र जिएमको लय–शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर अत्यन्तै कर्ण्प्रिय सुनिएको छ ।
म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् ।
नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन ।

 


तपाईको प्रतिक्रिया