रहेनन् मैतुराम, सुनिदैनन् अव वीरेन्द्रनगरका चौक चौकमा विरहका गित

सुर्खेत । गित गाएरै दैनीकी चलाउँदै आएका दृष्टिविहीन मैतुराम नेपालिको मृत्यु भएको छ । शनिवार दिउँसो मुलपानी चौकमा भे १ स ७९१८ नम्वरको अटो रिक्सा बाट खसि घाईते भएका मैतुरामको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परे लगतै उपचारका लागी भारतको लखनऊ लगिएको बेला गएराती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगरको नेता चौक वीरेन्द्रचौकमा सारंगी रेटेर विरहका गीत गाउने गित गाउने मैतुराम वीरेन्द्रनगर–६ खोर्केखोला निवासी हुन् ।
मैतुरामलाई ठक्कर दिने अटो फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


तपाईको प्रतिक्रिया