कर्णाली प्रदेशको पहिलो बैठक सम्पन्न, अर्को बैठक पौष २५ गते

सुर्खेत । कर्णाली प्रदेशको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । २०७९ पौष २५ गते सोमवार दिउँसो १ बजे बस्ने गरी सोमवारको बैठक स्थगित भएको हो । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता कार्यवाहक सभामुखको रुपमा प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले गरेका थिए । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनितिक दलका प्रमुख नेताहरुले सम्बोधन गरेका थिए । नेपाली काँग्रेसको तर्फबाट वर्तमान मुख्यमन्त्री समेत रहेका प्रदेश सभा सदस्य जीवनबहादुर शाही, नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य यामलाल कँडेल, नेकपा माओवादी केन्द्रको तर्फबाट संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य राजकुमार शर्मा, राप्रपाको तर्फबाट सन्तोषी शाहीलगायतले सम्बोधन गरेका गरेका थिए । सोमवारको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठककोे अध्यक्षता गर्ने प्रयोजनका लागी तिन जना सांसदहरु हिक्मत बहादुर विष्ट जित बहादुर मल्ल र भिम प्रकाश शर्मालाई मनोनयन गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाहीले कर्णालीमा बिपक्षी रोक, भोक र गरिबी भएको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै उनले हाम्रो बिपक्षी गएको पाँच बर्ष पनि कर्णालीका समस्या भएको र अब पनि रहने बताए । प्रदेश सभा सदस्य सबैलाई बधाई तथा सुभकामना व्यक्त गर्दै उनले कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा धेरै कामहरु तथा ऐन, निती नियमहरु बनाउने काम भएको बताउँदै । यसपटक काम गर्न झनै सहज हुने बताए । प्रदेश सांसदहरुको काम ऐन तथा निति नियम बनाउने भएको भन्दै यो कार्यकालमा पनि महत्वपूर्ण काम गर्ने उनको भनाई छ । यस्तै प्रदेशसभा सदस्य तथा नेकपा एमाले कर्णालीका संसदिय दलका नेता यामलाल कंडेले विगतका दिनमा कर्णालीमा भौगोलीक विकटताका कारण अपेक्षीत परिणाम आउन नसकेको टिप्पणी गरे । प्रदेशको संरचना र औचित्यता माथि प्रश्न उठाउँदै मानिसहरुले बाधा बोलिरहेको भन्दै यस तर्फ ध्यान दिन आवश्यक रहेको कँडेलले बताए । वितेको कार्यकालको स्मरण गर्दै कँडेलले उक्त कार्यकालमा प्रश्नको उत्तर दिने गरी नभईकन प्रश्नको प्रश्न उठाउने गरी समय वितेको बताउँदै आगामी दिनमा प्रदेशको महत्व पुष्टि हुनेगरी काम गर्नुपर्ने बताए ।

पछिल्लो समय बनाउने भन्दा पनि बन्ने कुरा हावी हुँदा जनतामा वितृष्णा बढेको तर्क गर्दै नेता कँडेलले कर्णालीको श्रोत र साधनलाई उच्चतम प्रयोग गराउँदै कर्णालीका जनतालाई सकारात्मक सन्देश दिने गरी सबैले सकारात्मक भुमिका खेल्नुपर्ने बताए । प्रदेशसभा सदस्य तथा नेकपा माओवादी संसदिय दलका नेता राज कुमार शर्माले कर्णाली प्रदेश आफैमा सुनको डल्लो’ भएको बताउँदै सुनको डल्लोलाई गहनाका रूपमा प्रयोग गर्ने चुनौती प्रदेश सभाका सांसदहरू माझ रहेको बताए । शर्माले कर्णालीको गरिबी विरुद्ध लड्नका लागि साझा अवधारणा चाहिएको बताएका छन् । कर्णालीमा शान्त समाजको निर्माण गरीनुपर्ने बताउँदै सबैले ओकल्ने गरेको बताउँदै शर्माले वित्तीय र प्रशासनिक संघीयता अस्तव्यस्त रहेको टप्पिणी गरे । संघियता माथि नै प्रश्न उठिरहेको भन्दै सांसद शर्माले प्रदेशका साझा र एकल अधिकारहरूलाई लागु पर्ने कुरामा केही कठिनाइ भएको बताए । प्रदेशलाई बलियो बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका शर्माले गरिबीलाई दुष्मनको रूपमा प्रतिपक्षमा राखेर अघी बढ्नु बाहेक कर्णालीसँग अन्य विकल्प नभएको टिप्पणी गरे ।

तब मात्रै सम्भव छ, जब जनताका प्रतनिधी जनताप्री उत्तरदायी नभए सम्म हालको व्यवस्था बचाउन सकस हुने उनको तर्क थियो । यसैविच नेपालमा पहिचानको रुपमा हिन्दुराष्ट्र र अभिभावकको रुपमा राजसंस्था पूर्नस्थापना गर्न अग्रसर हुन राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले आग्रह गरेकी छन् । कर्णाली प्रदेश सभाको पहिलो बैठकमा बोल्दै उनले कर्णाली प्रदेश सभाबाट जनताको सेवा र विकासका लागि पार्टीको आँखाबाट नहेरी सबै एकढिक्का भएर अगाडि बढ्न सुझाव दिएकी छन् । सांसद शाहीले जनताबाट निर्वाचित भएका सबैलाई शुभकामना दिदै, नेपाल एकिकरणको घटना र सहिदहरुलाई सम्झदै सांसदको भूमिका निर्वाह गर्ने बचनवद्धता व्यक्त गरिन । पछिल्लो समय विदेशी हस्तक्षेप बढेको बताउँदै, राजसंस्था हटाउने गलत निर्णयका कारण आज देशमा अस्थिरता बादलहरु गढमगाईरहेको उनको भनाई थियो ।

प्रदेशसभा सदस्य कल्याणी खड्काले कर्णालीमा भएको राजनैतिक मतभेदलाई परिमार्जन गरेर समृद्ध कर्णाली सवैको मुल एजेण्डा हुनुपर्ने बताएकी छन् । उनले मानव विकास क्षेत्रलाई स्थापित गर्ने सकेमा मात्रै अरु विकास सम्भव भएको जिकिर गरेकी छन् । खड्काले संसदहरुले बनाएका एजेण्डाहरु जनताको पक्षमा छन् कि छैनन्, त्यसले जनताई उठान गर्छ कि गर्दैन भन्ने बारे महसुस गर्न आवश्यक रहेको उल्लेख गरीन् । जुम्लाबाट निर्वाचित देवेन्द्र बहादुर शाहीले भ्रष्टचार गर्दिन भनी आफ्नो आमाको कसम खाएमा कर्णालीको विकास हुने बताएका छन् । उनले प्रदेश सभाका सदस्यहरु नेताप्रति उत्तरदायी नभई जनताप्रति उत्तरदायी हुन जरुरी रहेको उल्लेख गर्दै भाषणले समृद्ध नेपाल नहुने जिकिर गरेका छन् । उनले विकास गर्नलाई सबैपार्टी एकजुट भई एकआपसमा सहमति भएमा विकास हुने दावी गरेका छन् ।


तपाईको प्रतिक्रिया