घटना छानविनका लागि सिम्ताले बनायो समिति, ५ दिनमा प्रतिवेदन पेश गरिने


सुर्खेत । सिम्ता गाउँपालिकामा हिजो दिन भर रोकिएको प्रशासनिक कार्य आज विहान १० बजे देखि नै सुरु भएको छ । पौष १६ गते वेलुकी भएको घटनाको विषयमा गाउँ कार्यपालिकाको बैठक बसेर ३ सदस्यीय छानविन समिती गठन गरी ५ दिन भित्र प्रतिवेदन बुझाउने सहमती भएपछी प्रशासनिक कार्य सुरु भएको गाउँपालिकाका सुचना अधिकारी टोप बहादुर रानाले जानकारी दिए । वडा नम्वर ५ का वडा अध्यक्ष मोहन कुमार चन्दको संयोजकत्वमा छानविनका लागि ३ सदस्यीय समिती गठन गरिएको हो । जसमा वडा नम्वर ६ का वडा अध्यक्ष गुलाव सिंह ठकुरी र वडा नम्वर ४ का वडा अध्यक्ष वीरेन्द्र सिंह ठकुरी रहेका छन् ।
पौष १६ गते बेलुका ८ बजेको समयमा गाउँपालिकाको कार्यालयमा हातहतियार सहिको एक समुह प्रवेश गरी सुरक्षामा रहेका कर्मचारीलाई धम्की दिएपछी आईतवारको प्रशासनिक काम रोकिएका थियो । ३ जनाको समुहमा खुकुरी सहित प्रवेश गरेका उनिहरुले सुरक्षा गार्डलाई ज्यान मार्ने धम्की दिदै कार्यालय परिसरमा लगाईएका केराका विरुवाहरु नष्ट गरेकाे गाउँपालिकाले जनाएको थियो । प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाको नेत्तृत्वमा ६५ जना कर्मचारीहरुको बैठकले कार्यालयमा सुरक्षित वातावरण नभए सम्म कामर्यालयको सेवा ठप्प पार्ने निर्णय गरेका थिए ।


तपाईको प्रतिक्रिया