
सुर्खेत । लेकवेशीमा तिन जनाको विवाद हुँदा एक जना घाईते भएका छन् । लेकवेशी नगरपालिका वडा नम्बर ६ पुरानोघाटमा शनिवार साँझ पौनै ८ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १३ रामघाटका २३ वर्षीय कुमार चन्द, सोही ठाउँका २२ वर्र्षीय दुर्गेश चन्द लेकवेशी नगरपालिका ६ पुरानोघाट बस्ने २१ वर्षीय देव बहादुर सलामी विच विवाद भएको हो
विवादका क्रममा घाईते भएका सलामी माथी दाउरा प्रहार भएको र देब्रे गालामा चोट लागेका प्रहरीले जनाएको छ । घाईते सलामीको भेरी पोलिक्लिनिक छिन्चुमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगंज पठाईएको ईलाका प्रहरी कार्यालय लेकवेशीले जनाएको छ । मदिरा सेवन गरी एक आपसमा विवाद उत्पन्न हुँदा घटना घटेको र कुटपिटको घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको प्रहरीको भनाई रहेको छ ।


दर्शन खबर । १७ पुष २०७९, आईतवार