बाँके । जिल्लामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नेपालगन्ज न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते दर्लामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । हाल उनको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । चालक र ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


दर्शन खबर । १६ पुष २०७९, शनिबार