काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्धघाट्न गर्दै उनले यस्तो बताएका हुन् । उनले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने प्रतिवद्धता पनि जनाएका छन् । ‘मैले बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने भनेको छु ।
म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ उनले भने । करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् । सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।


दर्शन खबर । १६ पुष २०७९, शनिबार