काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउन गृहसँग माग्यो सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोग मागेको छ । महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको हो ।
पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।
‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थितरअनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ ।
‘थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ गृहलाई लेखेको पत्रमा भनिएको छ ।
गृहलाई महानगरले पठाएको पत्र

तपाईको प्रतिक्रिया