सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ ल स्थापनाका लागी सम्झौता गरिएको छ ।
बुधवार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह र वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का वडाधक्ष्य ऋषि गिरी नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पराक्रम सिंह ठकुरी र नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किशनबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बुधबार विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्द बहादुर सिंहले ग्र्याजुएट स्कुल अफ ल का लागि शैक्षिक तथा प्रशासनिक क्रियाकलाप संचालन गर्ने उदेश्यका साथ तीन विघा जमिन प्राप्त गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पत्र अनुसार वीरेन्द्रनगर नगरपालिका, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चाँदन चौकी र नौलो सुधार सामुदायिक वन उपभोक्ता समिति सुर्खेतले सम्झौता मितिकै दिनदेखि उक्त जग्गा र भौतिक संरचना मध्यपश्चिम विश्वविद्यालयलाई हस्तानान्तरण गर्ने सहमति भएको हो ।
कर्णाली प्रदेश सभाका सदस्य जानकी सिंह, मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर नारायणप्रसाद पौडेल, कर्णाली प्रदेश सरकारका पुर्व न्यायधिवक्ता विद्याभुषण मानन्धर, ग्र्याजुएट स्कुल अफ लका डाइरेक्टर उपेन्द्रबहादुर वि।क।लगायत सम्बन्धित व्यक्तित्वहरुले साक्षी तथा उक्त स्थानमा ग्र्याजुएट स्कुल अफ ल स्थापनार्थ पूर्ण सहयोग गर्ने प्रतिवद्धतासहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।
उक्त हस्ताक्षर कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत गरिएको छ ।


दर्शन खबर । १४ पुष २०७९, बिहीबार