खाता र मोबाइल नम्बर मागेको आधा घन्टामा २ लाख रुपैँया गायब

दाङ । दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञान बहादुर चौधरीको खाताबाट २ लाख रुपैँया चोरी भएको छ । तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलबार बिहान बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो । बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेर खाताबाट पैसा चोरी गरेको पिडित चौधरीको भनाइ छ । उनले तुलसीपुर ५ बसपार्कमा श्रीराम किराना पसल सञ्चालन गर्दै आएका छन् । ह्याकरले सोही बैंकको कर्मचारी भएको बताउदै चौधरीसंग वान टाइम पासर्वड (ओटिपी) मागेको थियो । यता बैंकका प्रमुख राजिव वलीले बैंकको कुनै लापरवाही नभएको बताएका छन् । बैंकको कर्मचारी हुं भनेर फोन गरेपछि खातावालाले वान टाइम पासवर्ड उपलब्ध गराएको आधा घण्टामा सो खातावालाको खाताबाट पैसा चोरी भएको थियो ।

खातावालाले आफ्नो खाताबाट कसैले पैसा निकालेको जानकारी गराउना साथ आफुले प्रहरीको सहायता लिन सुझाब दिएको पनि बताए । चौधरीले पैसा निकालेको थाहा पाउने बित्तीकै बैंकमा पुगेको बताउदै प्रमुख वलीले सिटिजन बैंकमा रकम ट्रान्सफर भएकोले प्रहरीको सहायता लिन सुझाब दिएको बताए । साथै बैंकका प्रमुख वलीले सेवाग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिन नहुने समेत बताएका छन्


तपाईको प्रतिक्रिया