जाजरकोटमा शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

जाजरकोट । जाजरकोटमा एक जना शिक्षकलाई नेकपा विप्लव निकट यूवा संगठनले कालोमोसो दलेको छ । जिल्लाको कुशे गाउँपालिकाको वडा नम्बर ४ को श्री हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक रण बहादुर शाहीलाई शनिवार संगठनले कालोमोसो दलेको हो । शाही शिक्षण पेसामा आवद्ध भईरहँदा पनि कुशे गाउँपालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ साल देखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरि कामलाइ अलपत्र पारेको हुँदा कालोमोसो दलेको संगठनले जनाएको छ ।

साथै समग्र विद्यार्थी र जनताको भबिष्यसंग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड, आफ्नो शिक्षण पेशालाई राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँ पालिकाको सचिब बनेर सिङ्गो शैक्षिक सस्थालाइ अस्तब्यस्त बनाइएको हुँदा शाहीलाई कालोमोसो दलेको कुशे गाउँपालिकाका अध्यक्ष हरी चन्द्र बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले यो बारेमा छिट्टै बैठक बसेर छलफल गर्ने बताए । प्र‍.अ शाहीलाई सम्पर्क गर्दा उनले कुनै पनि प्रतिक्रिया दिएनन् ।

No photo description available.


तपाईको प्रतिक्रिया