पानी उधोगहरुमा सिलवन्दी गरेको भन्दै उद्योग वाणिज्य र सुर्खेत चेम्बरको ध्यानाकर्षण

सुर्खेत,१७ बैशाख
गएको आईतवार र सोमवार वीरेन्द्रनगर वजार अनुगमनका क्रममा अनुगमन समितिले सुर्खेतका सम्पूर्ण प्रशोधित पिउने पानी उधोगहरुमा सिलवन्दी गरेको भन्दै सुर्खेतका व्यापारिक संस्था सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत चेम्बर अफ कमर्सले यस कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ जनाएका छन ।
यस्तो प्रचण्ड गर्मीको समयमा उपभोक्ताहरुले उपभोग गर्दै आएको पिउने पानी उधोगहरुमा गरिएको कार्वाहीले वजारमा पानीको हाहाकार भएको र यसले उपभोक्ताको अधिकार समेत कुण्ठित गरेको भन्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले सयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दे यसको विरोध गरेका छन ।
राज्यले उद्योग धन्दाको संरक्षण र पर्वद्धन गर्नु पर्नेमा उल्टै भएका उद्योगहरु समेत बन्द गरिनुले आगामी दिनमा प्रदेशमा उद्योगधन्दाको विकास नहुने विज्ञप्तिमा उल्लेख छ । एक्कासी उद्योग शिल नै नगरी कुन पक्षमा कमजोरी भएको हो भनेर उद्योगीलाई समेत जानकारी नदिई समितिले यस्तो कदम चालेको भन्दै दुवै संस्थाले उक्त कार्यको विरोध गरेका हुन ।
उद्योगहरुमा केही कमीकमजोरी भए सुझाव दिएर सुधार गर्न संकेत दिनुपर्ने भएपनि एक्कासी उद्योगनै शिल गरिनुले राज्य ब्यवसायीहरुप्रति उदार नभएको पुष्टि गर्दछ विज्ञप्तिमा भनिएको छ ।करोडौको लगानीमा स्थापना भएका पानी उधोगहरुमा प्रशासनवाट गरिएको यस्तो हर्कतले स–साना स्थानीय लगानीकर्ताहरुको लगानी डुव्ने र भविष्यमा समेत उधोगधन्दाहरुमा लगानी गर्ने वातावरण नवन्ने उनहिरुको भनार्ई छ ।

उद्योगीहरुले तत्काल विनाशर्त पानी उधोगहरु संचालन हुने वातावरण वनाईदिन जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाध्य प्रविधि तथा गुण नियन्त्रण ईकाई कार्यालय सुर्खेतलाई अनुरोध गरेका छन । लगानीकर्ताहरुको लगानी धरासायी हुने अवस्थाको सिर्जना गरिए यसवाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको दायित्व सम्वन्धित पक्षले लिनुपर्ने समेत जानकारी गराउन चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया