काठमाडौं। नवनिर्वाचित सदस्यहरुको सपथ यही पुस ७ गते हुने भएको छ। मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभामा निर्वाचित भएका सदस्यहरुको सपथ यही पुस ७ गते हुने भएको हाे । संघीय संसद् सचिवालयले सोमबार सूचना प्रकाशित गरी ७ गतेका लागि सपथ कार्यक्रम आयोजना गरेको जनाएको हो। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनको सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम सपथ लिनुपर्ने व्यवस्था गरेको छ। पहिले ज्येष्ठ सदस्यले सपथ लिने र उसैले अन्य सदस्यलाई सपथ खुवाउने गर्छ।
सचिवालयले सूचनामा सपथ ग्रहण कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एंवै पासपोर्ट साइजको फोटो लगायतका कागजपत्र ल्याउन भनेको छ। मातृभाषामा सपथ लिन चाहने सदस्यले सपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको प्रतिसहित तीन दिन अगावै संघीय संसद् सचिवालयमा उपलब्ध गराउन सुचनामा भनिएको छ।


दर्शन खबर । ४ पुष २०७९, सोमबार