युथ प्यानलका लागी २ दिने अभिमुखिकरण सम्पन्न


सुर्खेत ।
जिल्लाको लेकवेशी नगरपालिका सुर्खेतमा युथ प्यानलका लागि दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ ।
गत पौष २ र ३ गतेका दिन युरोपियन युनियन र हेल्भेटास नेपाल संगको सहकार्यमा महिला सशक्तिकरण मञ्च दैलेखको सहजीकरणमा स्थानीय शासन प्रकृयामा युवा संलग्नता (प्रोयेल) परियोजनाले युथ प्यानलका सदस्यहरुलाई सार्वजनिक जवाफदेहिता प्रबर्दनकालागि स्थानीय नीति तथा योजना तर्जुमा विषयक अभिमुखिकरण सम्पन्न गरेको हो ।
महारुप खत्रीले गर्नुभएको अभिमुखीकरणको सहजीकरणमा लेकवेशी नगरपालिकाका प्रत्ययेक वडाबाट प्रतिनिधित्व गर्दै १७ जाना युवाहरुको सहभागीता रहेको थियो ।

सम्पन्न अभिमुखीकरणमा स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई दिएको मुख्य अधिकार तथा दायित्वहरु, युवा, महिला तथा अन्य सिमान्तकृत समुदायको अधिकारको संरक्षण तथाप्रबर्दनकालागि स्थानीय सरकारको भुमिकाहरु, स्थानीय सरकारको नीति तथा कानून निर्माणको प्रकृया र नागरिक संलग्नता, बार्षिक योजना तथा बजेट तर्जुमा प्रकृयाका चरणहरु, लैङ्गिक उत्तरदायी बजेटको अवधारणा, सार्वजनिक जवाफदेहिताको अवधारणा र औजारहरु जस्ता बिषयमा जानकारी गराईएको थियो ।
अभिमुखीकरण को समापन गर्दै युवाहरुले आ–आफ्ना वडा सर्कलमा अभिमुखीकरणको सिकाई लाई अन्य युवाहरुमाझ जानकारी गराई आम युवाहरुमा उल्लेखित बिबिध बिषय बारे बुझाईमा थप स्पस्टता आउने महिला सशक्तिकरण मञ्चकी अध्यक्ष सुनिता चन्द ले बताउनु भयो ।
सम्पन्न अभिमुखीकरणमा लेकवेशी नगरपालिकाको प्रमुख प्रशासकिय अधिृत महेन्द्र जंग शाही, वडा नं.–६ का वडा अध्यक्ष प्रतिमान वाँकावल, लगायतले समेत पालिकाको नीति तथा योजना तर्जुमा प्रकृयाका बारेमा अभिमुखिकरण गराउनु भएको थियो भने अभिमुखीकरणमा प्रोयेल परियोजनाका कर्णाली प्रदेश संयोजक डण्डीराज उपाध्याय, प्रोयेल परियोजनाका जिल्ला संयोजक राम विक लगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया