छेडागाडमा शिक्षकद्धारा बालिका माथि बलात्कारको प्रयास

जाजरकोट । जाजरकोटमा एक शिक्षकले १६ वर्ष उमेरकी बालिका माथि बलात्कारको प्रयास गरेका छन् । जिल्लाको छेडागाड नगरपालिका ४ को रामोदय माध्यमिक विद्यालयमा पढाउदै आएका अन्दाजी ४० वर्षका शिक्षक महेश थापाले सोही विद्यालयमा नँौ कक्षामा पढ्ने १६ वर्षकी (नाम परिवर्तित) सम्झना बुढालाई हातपात गरि बलात्कारको प्रयास गरेको बालिकाले आरोप लगाएकी छन् । मंसिर २५ गते सोही ठाउँमा फुपुको विवाहमा रमाइलो गर्न भनेर बालिकागएको अवस्थामा शिक्षक थापाले बिहान करिब ४ बजे नाच्ने क्रमममा बेला एक्कासी आफ्नो शरिरमा हात लगाएको बालिकाले बताएकी छन् ।आफ्नै शिक्षक भएका कारण सुरुमा नकारात्मक रुपमा आफूले नलिएको बालिका उनले जानकारी दिईन् । बालिकाले शिक्षकलाई आफ्नो शरीरमा हात नलगाउन आग्रह गर्दा पनि शिक्षकले आफुनो छातीमा जबरजस्ती हात ल्याएको बालिकाको भनाइ छ ।

शिक्षकले जबरजस्ती आफ्नो शरीरको संवेदनशील अंगमा हात लगाए पछि बालिका डर मानेर भागेर बिहे घर भन्दा केही टाढा गएको बताईएको छ । घटना पश्ंचात बालिकाले आफ्नो घटनाको बारेमा अभिभावकलाई बताएकी थिइन् । त्यसपछि बालिकाका अभिभावकले यस्तो किन गरेको भनेर शिक्षकसंग जवाफ माग्दा शिक्षकले केटा लगाएर उनका आफन्तलाई पिटेको बालिकाको आरोप छ । झडपबाट बालिकाका अभिभावक गम्भिर घाइते भएपछि उपचारको लागि थलह ल्याउने क्रममा नै छेडागाड जीप दुर्घटना भएको हो । जसमा १२ जनाको मृत्यु भएको थियो । पिडित बालिका यतिबेला न्यायका लागि जिल्ला सदरमुकाम जाजरकोट आएकी छन्। उनले दोषीलाई कारावाहीको माग गर्दै जिल्ला अदालत जाजरकोटमा उजुरी दर्ता गरेकी छन् । पुष ३ गते आइतबार बालिकाले आफै अदालतमा आएर केश दर्ता गराएकी हुन् । घटनाको छानबीन भइरहेको जिल्ला अदालत जाजरकोटले जनाएको छ । विदुर न्युज

तपाईको प्रतिक्रिया