पौडेलले प्रधानमन्त्रीमा सहयोग गर्नुहोस्, भनेपछि देउवाको आयो यस्तो जवाफ…….

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ । बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गर्नुभएको छ । पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिनुभएको थियो । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत हुनुहुन्छ। ‘म एउटा निम्ता दिन बुधबार सभापति तथा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएको थिएँ, त्यसक्रममा छोटो कुराकानी भयो’, पौडेलले भन्नुभयो, ‘मैले सभापतिजीलाई प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस् भनेर प्रस्ताव राखेँ, उहाँले ‘छलफल गरौँला’ मात्र भन्नुभयो


तपाईको प्रतिक्रिया