
सुर्खेत । वीरेन्द्रनगरमा महिला र बालबालिकाका लागि पाँच शैयाको अस्पताल निर्माण गरीने भएको छ । नगरपालिकाले सञ्चालन गरेको ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैयाँ सहयोगमा उक्त अस्पताल निर्माण गरिने भएको हो ।मंगलवार नगर प्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले संयुक्त रुपमा अस्पतालको शिलान्यास गरेका छन् । शिलन्यास पछि बोल्दै नगर प्रमुख ढकालले नगरपालिकाले सञ्चालन गरेको ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैयाँ सहयोगमा अस्पताल निर्माण सुरु गरिएको जानकारी दिईन् । उक्त अस्पताल १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको छ । भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञसहितको टोलीले नियमित उपचार सेवा प्रदान गरिने छ ।





दर्शन खबर । २८ मंसिर २०७९, बुधबार