सुर्खेत । सुर्खेतमा मोटरसाईकलले ठक्कर दिंदा एकजना घाईते भएका छन् । मंगलवार अन्दाजी राति ११ लेकवेशी नगरपालिका वडा नम्बर–५ नेटाबाट वीरेन्द्रनगर सुर्खेत आउँदै गरेकोे भे ८ प १८५७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री वीरेन्द्रनगर नगरपालिका ३ बस्ने बर्ष ३४ को चित्र बहादुर बोगटी घाईते भएका हुन् । बोगटीको टाउको, दाहिने हात, वाँया खुट्टामा चोट लागेकोे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परि घाइते बोगटीको माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ११ का ३३ वर्षिय महेन्द्र बस्नेतलाई ईलाका प्रहरी कार्यालय लेकबेसीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।


दर्शन खबर । २८ मंसिर २०७९, बुधबार