जिप दुर्घटना प्रति नेपाली कांग्रेसद्धारा दुःख व्यक्त  

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा परि १२ जनाको मृत्यु भएको प्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सोमबार अपराह्न साँढे ४ बजे छेडागाड नगरपालिका–५ स्थित खातिजेवाबाट वडा नम्बर ४ मा र जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जनाको घटनास्थलमै, २ जनाको बाटोमा र एक जनाको अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको हाे । त्यस्तै घाइते जैभान अधिकारीको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । जिप आफैँ अनियन्त्रित भएर सडक भन्दा अन्दाजी २५० मिटर तल खसेको थियो । दुर्घटनाप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।


तपाईको प्रतिक्रिया