परिलक्षित संस्था सुर्खेतको सामाजिक लेखा परिक्षण सम्पन्न


सुर्खेत । परिलक्षित संस्था सुर्खेतले सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यक्रम संचालन भएको सुर्खेतका ३ पालिका गुर्भाकोट, भेरिगंगा र वीरेन्द्रनगरमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । २००१ मा स्थापित परिलक्षित संस्था नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणको लागि काम गर्ने राष्ट्रिय गैरसरकारी संस्था हो । अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत मानिसहरू र आवश्यकतामा परेका बालबालिकाको अधिकारलाई जनचेतना अभिवृद्धि, वकालत, शिक्षा मार्फत प्रवद्र्धन गर्न काम गर्दै आएको छ । संस्थाले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको पक्षमा कामका साथै परिलक्षित गैरसरकारी, गैरनाफा कमाउने, गैर साम्प्रदायिक र गैरराजनीतिक संस्था हो जसले अपाङ्गताको क्षेत्रमा काम गर्ने गर्दछ । यो संस्था अपाङ्गता भएका र विना अपाङ्गता भएका व्यक्तिहरूद्वारा संयुक्त रूपमा सञ्चालित रहेको बताईएको छ ।
संस्थाले नेपालका विभिन्न कार्यशील जिल्लाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको प्रवद्र्धनका लागि क्षमता अभिवृद्धि, सचेतना अभिवृद्धि र वकालत गर्ने पहलहरू र आय आर्जनका अवसरहरूमा केन्द्रित गतिविधिहरूलाई समर्थन गर्दै आएको छ । साथै सम्मानित जीवनको लागि औपचारिक शैक्षिक सहयोग मार्फत अपाङ्गता भएका विद्यार्थीहरूको जीवन परिवर्तन गर्ने लक्ष्यका साथ, छात्रवृत्ति कार्यक्रम २००६ मा यस संस्था द्वारा सुरुवात गरिएको थियो । यस संस्थाले अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्तिको साथ सहयोग गर्ने गर्दछ । यसलाई फेल्म नेपाल संस्थाले सहयोग गरेको छ । यस कार्यक्रमको समय अवधि भनेको २०२२ देखि २०२६ सम्म करिव ५ बर्षको रहेको छ ।

वीरेन्द्रनगर नगरपालिकामा सिद्ध बहिरा बालकको विद्यालयमा शिक्षक तालिम,सिद्ध बहिरा बालकको विद्यालयमा पोषण सहयोग, सिद्ध बहिरा बालकको विद्यालयमा फर्निचर सहयोग, त्रिपुरेश्वर विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण हुदै, श्रीकृष्ण संस्कृत र साधरण माध्यमिक विद्यालयमा पुस्तकालय सहयोग, गरिएको सामाजिक लेखा परिक्षण कार्यक्रममा जानकारी दिईएको थियो ।
एक विद्यार्थी प्राविधिक कक्षा एसी.एजी अध्ययन छात्रवृत्ति, माध्यमिक विद्यालय गाग्रेताल, २५ जना विद्यार्थीले छात्रवृत्ति, ७ विद्यार्थीले लोकसेवा आयोग तयारी कक्षामा अध्यानरत वीरेन्द्रनगरमा १५ किशोरीलाई स्वास्थ्य तालिममा दिएको, १५ किशोरीहरूले सेनेटरी प्याड र स्वास्थ्य सामाग्री प्राप्त गरेका छन् ।
यस्तै २ जना विद्यार्थिलाई कम्युटर अध्ययन सहयोग, २ जना व्यक्तिलाई किराना पसल सहयोग १ जना ब्यक्ति गाडी चालक सम्बन्धी तालिम सिक्दै गरेको परिलक्षित संस्थालेसामाजिक लेखा परिक्षणमा सार्वजनिक गरेको छ ।
यस्तै ३१ औ अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका ५ जना महिलाहरुलार्ई अगरबत्ती र धुप बनाउने तालिम, बहिरा सम्बन्धी अपाङ्गता भएको व्यक्ति लाई वेटर सम्बन्धी तालिम संचालन गरिएको लेखा परिक्षणमा उल्लेख गरिएको छ । यस्तै ९६ जना विद्यार्थीले पोषणयूक्त खाना खाइरहेको, १६ जना शिक्षकलाई साङकेतिक भाषा तालिम र प्रशिक्षण पश्चात विद्यार्थीको सिकाईमा वृद्धि भएको, २५ जना विद्यार्थीले निरन्तर अध्ययन गरिरहेको, ७ जना विद्यार्थीलले सहयोग प्राप्त गरि लोक सेवा तयारि कक्षा अध्धयन सुरुवात गरेका छन । भने २ जनाले किराना पसल सञ्चालन गरि आफ्नो परिवारको जीविन यापन, ३ जनाले कम्पूटर तालिम प्राप्त १ जनाले ड्राइभिङ तालिम सिकिरहेको १२ वटा खाटमा बालबालिकाले सहजरुपमा न्यानो गरी सुतीरहेको लेखा परिक्षणमा उल्लेख गरिएको छ ।
भेरीगंगा नगरपालिकामा ६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरको, १ जना व्यक्तिलाई अटो मर्मत तालिम शिखर माध्यमिक विद्यालय रामघाटमा स्वच्छ खाने पानीको व्यवस्था, फिल्टर सहयोग ३ व्यक्तिलाई किराना सहयोग प्रदान, भेरीगंगामा २० जना किशोरि लाई स्वास्थ्य सम्बन्धी तालिम, २० किशोरीहरूले सेनेटरी प्याड र स्वास्थ्य सामग्री प्राप्त वितरण गरिएको संस्थाले जनाएको छ । यस्तै १ जना विद्यार्थीलाई लोकसेवा आयोगको तयारी कक्षाको अध्ययन सहयोग, १ जना ले कम्प्युटर तालिम सिक्दै, २ जनाको लागि सिलाई कटाई तालिम सुरु हुदै, ३१ औँ अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका बालबलिकाको अभिभाबक बीच अन्तरक्रिया गरिएको जनाईएको छ । भने शिखर मा.वि रामघाटमा विद्यार्थीहरुलि स्वच्छ खानेपानी पिउँन पाएको, १ जना विद्यार्थीले सहयोग प्राप्त गरि लोक सेवा तयारी कक्षा अध्धयन सुरुवात गरेका ३ जनाले किराना पसल सञ्चालन गरि आफ्नो परिवारको जीविन यापन गरिरहेको २० जनाले स्वास्थ्य तालिम प्राप्त गरिरहेको उल्लेख गरिएको छ ।
यस्तै ६ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरि निरन्तर अध्धयन गरिरहेको १ जनाले कम्प्युटर कक्षा अध्ययन गरिरहेको २ जनाले सिलाई कटाई तालिम सिक्दै र १ जनाले अटो मर्मत तालिम सिक्दै गरेको लेखा परिक्षणमा उल्लेख गरिएको छ ।
गुभाृकोट नगरपालिकामा २ महिलाहरूलाई सिलाई तालिम दिईएको १ जनाको कपाल काट्ने तालिम समापन हुदै, १ जनालाई किराना पसलमा सहयोग, नयाँ गाउ विद्यालय गुमीमा पोषण सहयोग, गुर्भाकोटबाट ४ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेको बताईएको छ ।
यस्तै गुर्भाकोट नगरपालिका वडा नम्बर २ को कार्यालयमा १ जनाले ओ.जे.टी गर्दै, नयाँ गाउँ विद्यालय गुमीमा शैक्षिक सहयोग, स्वास्थ्य सम्बन्धी तालिम समापन, सेनेटरि प्याड तथा स्वास्थ्य सामाग्री वितरण अपाङ्गता भएका बालबलिकाको अभिभाबक बीच अन्तरक्रिया कार्यक्रम गरिएकोे छ ।
९ जना विद्यार्थी लाई गुमिको नयाँगाउँ विद्यालयमा अपाङ्गता भएका विद्यार्थीले पोषणयूक्त खाना खाइरहेको, ४ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरि निरन्तर अध्ययन गरिरहेको नयाँ गाउँ विद्यालय गुमीमा शैक्षिक सहयोग गरि पठनपाठनमा सुधार गरिएको छ ।
यस्तै १ जनाले किराना पसल सञ्चालन गरि आफ्नो परिवारको जीविन यापन गरिरहेको, १ जनाले नाई तालिम सुरुवात गरि सिप सिकिरहेको र २ जना महिलाले सिलाई तालिम गरिरहेको, १ जनाले ओ.जि.टि गरिरहेको परिलक्षितले जनाएको छ ।
परिलक्षित संस्थाले उक्त कार्यक्रम कार्यक्रमहरुको गुणस्तर र प्रभाव बिष्लेषण गरी सुधारका लागि स्थानीय तहबाट सिफारिसहरु प्राप्त गर्ने र लाभान्वित समुह, समुदाय र बिकासको काममा सहभागी हुनेहरु बिचमा सचेतना ल्याउनु रहेको बताएको छ ।
परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत मानिसहरू र आवश्यकतामा परेका बालबालिकाहरूलाई आत्मनिर्भर जीवन बाँच्न प्रवद्र्धन गर्न काम गर्ने स्रोत केन्द्रको रूपमा स्थापना गर्ने, मानव अधिकार र न्यायको प्रबल समावेशी समाजमा सम्मानजनक जीवन निर्वाह स्व सहायता समूह र समुदायहरूसँग साझेदारीमा आर्थिक सशक्तिकरण गर्ने लक्ष्य राखेको छ ।

 


तपाईको प्रतिक्रिया