काठमाडौं। कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको हो । कार्यालयका अनुसार शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरुले पुस १५ गते नियमित शुल्क बुझाएर फाराम भर्न सक्नछन् भने पुस मसान्तसम्म दोब्बर दस्तुर सहित फाराम बुझाउन सक्नेछन् । जसअनुसार रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ । सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित ८ सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको छ ।


दर्शन खबर । २६ मंसिर २०७९, सोमबार