कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उहाँको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिनुभयो । यस्तै तीन जना अझै बेपत्ता रहेका उहाँले बताउनु भयो । बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् । फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको हो ।उज्यालो


दर्शन खबर । २४ मंसिर २०७९, शनिबार