
दिपक बराल सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नब्बर ८ मैनतडामा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला पुनः शनिवार बस्ने भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिती गठन गर्न बुधबार बसेको अभिभावक भेलामा सहमती नभएपछि पुनः भोली बस्न लागिएको हो । विद्यालय व्यवस्थापन समितीमा अध्यक्ष सहित जम्मा ९ जना समिती चयन हुनुपर्नेमा बुधबार बसेको अभिभावक भेलामा उपस्थित अभिभावकहरु मध्ये २८ जना अभिभावकको विधालय व्यवस्थापन समितीमा रहने आकांक्षी भएपछि अन्तत सहमती हुन नसकेर विद्यालय व्यस्थापन समिती गठन गर्न बसेको अभिभावक भेला निष्कर्ष बिहिन टुंगो लागेको थियो ।
भेरीगंगा नगरपालिकाका शिक्षा शाखा अधिकृत टेक पाल नेपालीको प्रमुख अतिथीमा बुधबार बसेको अभिभावक भेलामा अभिभावकहरु बिच एक अर्का प्रति सहमती हुन नसक्दा अभिभावक भेला निस्र्कष बिहिन टुंगो लागेको भन्दै शनिबार बस्ने अभिभावक भेला बाट सहमतीको प्रयास खोजिने विधालयका प्रधानध्यापक भानु प्रसाद र्शमाले जानकारी दिनुभयो । भेलामा सहभागी अभिभावकहरुले अभिभावक मध्ये बाट चारजना छनोट गरेपछि छानिएका चार जना अभिभावकहरुले पुर्ण दुई जना अभिभावक छनोट गरेपछि छनोट भएका छ जना मध्ये बाट एक जना विधालय व्यवस्थापन समितीको अध्यक्षमा चयन भएपछि बाँकी पाँच जना , विद्यालयका प्रधानध्यापक, वडा अध्यक्ष सोतह र एक जना विद्यालयका शिक्षक गरी जम्मा ९ जना विद्यालय व्यवस्थापन समिती सदस्यमा रहने व्यवस्था रहेको छ ।


दर्शन खबर । २३ मंसिर २०७९, शुक्रबार