सुर्खेत। राष्ट्रिय मानव अधिकार आयोग कणरली प्रदेश प्रमुख लोकनाथ वास्तोलाले मानव अधिकार रक्षकका सवालमा आयोग प्रतिवद्ध रहेको बताउनुभएको छ । आयोगले रक्षकको क्षमता अभिवृद्धी तथा कानुन निमाणर्का लागि समेत पहल कदमी चालेको जानकारी दिनुभयो ।
मंसिर २३ गते मानव अधकार रक्षक दिवसको पुर्व सन्ध्यामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख वास्तोलाले रक्षकको सुरक्षालाई मध्येनजर गर्दै एने मस्यौदा बनाएर केन्द्मा पठाएको अब नयाँ आउने ऐनमा रक्षकका धेरै माग समेटिएर आउने समेत विश्वास व्यक्त गर्नुभएको छ । कणरलीमा भन्दा तराई क्षेत्रका मानव अधिकार रक्षकका समस्या बढी रहेको समेत बताउनुभयो ।
अब छिट्टै प्रदेशमा मानव अधिकार संयन्त्र निमाणर् गर्ने र त्यसमार्फत पनि रक्षकले आफुलाई परेको समस्या उक्त संयन्त्रमा उजुरी गर्न सक्ने बताउनुभयो । यस्तै अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कणरली प्रदेश संयोजक नारायण सुवेदीले यो आर्थिक वर्षमा २०२२ मा २३ जना मानवअधिकार रक्षकहरु पिडित रहेको तथ्याङ्गक सार्वजनिक गर्नुभएको थियो । रक्षक मध्येपनि महिला, दलित मानव अधिकार रक्षक बढी असुरक्षित भएको बताउनुभयो । रक्षकहरुको सुरक्षाको प्रत्याभुती नभएको समेत प्रमुख सुवेदीले बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार रक्षकहरुले आफुहरु काम गर्नेक्रममा असुक्षित रहेको भन्दै दुख व्यक्त गरेका थिए । अर्को व्यक्तीलाई न्याय दिलाउने क्रममा नै आफुले विभिन्न किसिमका डर तथा धम्की सुन्दै आएको मानव अधिकार रक्षक निशा पौडेले बताउनुभयो । पिडितलाई न्यायको पहुँचमा ल्याउने प्रयास गर्ने क्रममा पुरुषभन्दा पनि महिला अझ जोखिममा पर्ने गरेको उहाँको गुनासो छ । मानव अधिकार रक्षका लागि प्रदेश सरकारले पनि निती तथा कानुन निमाणर् नगर्दा रक्षकहरुलाई असुरक्षित महशुस भइरहेको भन्दै यस मानव अधिकार रक्षकका लागि आवश्यक निती तथा कानुन बनाउन ध्यानाकर्षण गराउनुभएको छ ।
यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ता ललित जंग शाहीले रक्षकहरुको कामको मुल्याङकन गर्नुपर्नेमाल जोड दिनुभयो । मानव अधिकार रक्षक कहाँ जादैछ के गर्दैछ भन्ने खालको जारकारी गराउने एउटा संयत्र भएमा रक्षकहरुलाई केही समस्या पर्दा पनि तत्काल उसको उद्धार गर्ने सकिने उहाँको भनाई छ । यस्तै नेपाल पत्रकार महासंघ साखा सुर्खेतका अध्यक्ष ललित वसेलले नव निर्वाचित संसदलाई मानव अधिकार रक्षकका विषयमा छिटो भन्दा छिटो आवश्यक कानुन बनाउन अनुरोध गर्नुपर्नेमा जोड दिनुभएको छ । यस्तै अन्रतक्रिया कार्यक्रममा अधिवत्ता मातृका खनालले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने व्यबस्था नभएका कारण पनि रक्षकहरु ब्ढी पिडित हुने गरेको उहाँको भनाई छ । मानव अधिकार रक्षकहरुको चुनौतीलाई सरकारले पहिचान गर्न नसक्नु राज्यको कमजोरी रहेको औल्याउनुभयो । यस्तै सञ्चारिका समुह कणरली प्रदेश अध्यक्ष सिता वलिलले रक्षकलाई सामाजिक सञ्जाल मार्फत पनि बढी धम्की आउने गरेको बताउनुभयो ।
अरुको न्यायका लागि पहल गर्दा आफ्नो सुरक्षामा थप चुनौती आउने गरेको उहाँको भनाई छ । शुक्रबार भएको कार्यक्रमको सहजीकरण इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले गर्नुभएको थियो । यस्तै अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक देवेन्दैबहादुर मल्लले प्रहरी प्रशासन सुरक्षाका लागि तयार अबस्थामा रहेको बताउनुभयो । सामाजिक संजालका विषयमा साइवर व्युरोमा उजुरी दर्ता गरी कानुनी प्रक्रियामा जान सुझाब समेत दिनुभएको छ । त्यसका लागि प्रहरी २४ सै घण्टा सेवामा तयार रहेको बताउनुभएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत पदम लामीछाने आफ्नो सुरक्षाका लागि पहिला आफै सुरक्षीत रहेको महशुस गर्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार रक्षका लागि प्रशासन सुरक्षाको प्त्यभुती दिन तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्शन खबर । २३ मंसिर २०७९, शुक्रबार