
हुम्ला । तारा एयरको जहाजकाे बिहीबार बिहानदेखि हुम्लाको सिमकोट विमानस्थलमा मर्मत गर्न थालिएको छ । बुधवार दिउँसो करिब १ बजेतिर नेपालगन्जबाट उडेको जहाजमा हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको थियो । चामल बोकेर उडेको जहाजमा चालक दलका तीन जना सदस्य थिए । चिल ठोक्किएपछि जहाजको अगाडिको टुप्पो अर्थात नोजमा क्षति पुगेको थियो भने चिल नोजभित्रै अड्किएको थियो । सोही जहाजको बिहीबार बिहानदेखि हुम्लाको सिमकोट विमानस्थलमा मर्मत गर्न थालिएको हो । तस्बिर : दाने बोहरा / रासस ।


दर्शन खबर । २२ मंसिर २०७९, बिहीबार