काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नुपर्नेमा अन्तरघात गर्नेहरुको सूची पुस १५ गतेभित्र पठाउन कांग्रेस अनुशासन समितले आग्रह गरेको हो । केन्द्रीय अनुशासन समितिले आज १ विज्ञप्ती सार्वजनीक गर्दै जिल्ला तथा प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउन भनेको हो । कुनै जिल्ला तथा प्रदेशमा अनुशासन समिति गठन नभएको भए तत्काल समिति गठन गर्न पनि निर्देशन दिएको छ ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार