उपेन्द्रले छाडे ओलीको साथ : टुट्यो जसपा र एमालेको तालमेल

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतवार नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका हुन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले चुनावसँगै एमालेसँगको सहकार्यको सम्पुर्ण कोर्स सकिएको बताउदै उनले सरकार गठनमा कोसँग सहकार्य गर्ने वा नगर्ने निर्णमा भने पुग्न बाँकी रहेको बताएका छन् । पहिले वर्तमान सत्ता गठबन्धनसँग आबद्ध रहेको जसपा ४ मंसिरको चुनावमा एमाले सँग तालमेल गरेको थियो । पार्टी अध्यक्ष यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।


तपाईको प्रतिक्रिया