सुर्खेतमा ह्विल चियर दौड प्रतियोगिता : सुर्खेतका बुढामगर प्रथम

सुर्खेत । ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिवार सुर्खेत वीरेन्द्रनगर घण्टाघरचौकमा आयोजित व्हिल चियर दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशको आयोजना राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, साईनिङ्ग अस्पताल, नेपाल बाल अस्पताल, र जिल्ला खेलकुद शाखाको साझेदारीमा भएको प्रतियोगितामा सुर्खेतका कुल बहादुर बुढामगर प्रथम भएका छन् । यस्तै दैलेखका पुर्ण सिजापति द्धितिय, कालिकोटका कुल बहादुर सहकारी नौले तृतिय हुँदा सुर्खेतका मदन कार्की सान्त्वना भएका छन् । प्रथम स्थान हासिल गर्ने सुर्खेतका कुल बहादुर बुढा मगरलाई नगद रु तिन हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै क्रमश द्धितिय हुनेलाई नगद रु दुई हजार मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद रु एक हजार मेडल प्रमाणपत्र र सान्त्वना हुनेलाई नगद रु पाँच सय मेडल र प्रमाणपत्र प्रदान गरीएको नेपाल पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशका अध्यक्ष किरण किशोर सापकोटाले जानकारी दिए । प्रतियोगितामा ७ जनाको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया