सुर्खेत । ‘समावेशी विकासका लागि रूपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ आज ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सुर्खेत सहित देशका सबै ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। सोही अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । दिवसको अवसरमा शनिबार बिहान सुर्खेतकाे मंगलगढिबाट र्याली निकालिएको हाे । मंगलगढिबाट सुरु भएकाे र्याली वीरेन्द्रनगर बिचबजार,हटियालाईन,घण्टाघर हुँदै धमलाचौकमा पुगेर परिणत भएको थियो । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।





दर्शन खबर । १७ मंसिर २०७९, शनिबार