जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

धनुषा । धनुषामा जन्ती बोकेको जीप दुर्घटनामा परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको भएको छ भने ९ जना घाइते भएका छन । शनिवार बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेहरुमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको छ । मृत्यु हुनेहरुमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साह बाहेक अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया