३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सुर्खेतमा पनि मनाइँदै

सुर्खेत । आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपाल सहित सुर्खेतमा पनि मनाइँदै छ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइँदैछ ।
यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवद्र्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरू आयोजना गरिन्छ । सोही अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा पनि विहान ११ बजे र्‍याली र प्रदशर्न गरिने भएको छ ।

तपाईको प्रतिक्रिया