केन्द्रको निर्देशन लत्याउदै शिक्षक सरुवा गर्ने चलखेल


सुर्खेत । शिक्षक सरुवा नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षीक योजना तथा महाशाखा भक्तपुरले देशका सवै शिक्षा विकास तथा समन्वय इकाई र पालिकाहरुलाई निर्देशन दिएको छ । महाशाखाले मंसिर १२ गते सोमवार एक सुचना जारी गर्दै देशभरका सवै पालिका तथा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुलाई पत्राचार गरेको थियो । केन्द्रले विद्यालयमा रहेको रिक्त दरवन्दीमा कुनैपनी किसिमबाट सरुवा गरी पदपुर्ति गर्दा शिक्षक सेवाबाट पदपुर्ति भई आएका स्थायी शिक्षकहरुको पदपुर्तीमा असर गर्ने भएको भन्दै यस्तो निर्देशन दिएको थियो । तर सुर्खेतमा भने केन्द्रको निर्देशनलाई लत्याउदै शिक्षक सरुवा गर्ने चलखेल भएको पाईएको छ । स्रोतका अनुसार शिव माद्यामिक विद्यालय लाटीकोईली, त्रिपुरेश्वर मावी ढोडेखाली अमर ज्योती मावी नेवारे, नेरामावी करैखोला लगाएतका विद्यालयमा शिक्षक सरुवाको चलखेल भएको पाईएको हो । यता वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तम प्रसाद आचार्यले आयोगबाट आएका शिक्षकहरुको पदस्थापन नहुदाँ सम्म सरुवा गर्न नमिल्ने र सरुवाको काम शिक्षा समन्वय इकाईले गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया