जाजरकोटमा १८ हजार अर्थात ३३ प्रतिशत भन्दा बढी मत बदर

जाजरकोट । यही मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा जाजरकोटमा मात्रै  १८ हजार ८२ अर्थात ३३.०६ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रतिनिधिसभा प्रत्यक्ष तर्फ ३ हजार ६ सय ९६ अर्थात ५.६६ प्रतिशत, प्रदेशसभा (क) तर्फ १ हजार ७ सय ९० अर्थात ४.८८ प्रतिशत प्रदेशसभा (ख) तर्फ १ हजार ६ सय ८० अर्थात ५.८५ प्रदेशसभा समानुपातिक तर्फ ५ हजार ५ सय १० अर्थात ८.४४ प्रतिशत र प्रतिनिधिसभा समानुपातिक तर्फ ५ हजार ४ सय ६अर्थात ८.२३ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिनिधिसभामा ६५ हजार ३ सय ३३ अर्थात ६३.२१ प्रतिशत मत खसेको थियो भने प्रदेश (क) मा ३६ हजार ७ सय ६ अर्थात ६४.५४ प्रतिशत प्रदेशसभा (ख) मा २८ हजार ७ सय ३५ अर्थात ६१.८० प्रतिशत, प्रदेशसभा समानुपातिकतर्फ ६५ हजार ३ सय १६ अर्थात ६३.१९ प्रतिशत र प्रतिनिधिसभा समानुपातिक तर्फ ६५ हजार ६ सय ८९ अर्थात ६३.५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकारी नविन कुमार कठायत बताए । जिल्लाभर कुल १ लाख ३ हजार ३ सय मतदाता रहेका थिए । मत बदर हुनुमा हरेक पटक मतपत्र फेरीने र मतदाताले मतदाता शिक्षा नपाउने भएको बताईएको छ ।



तपाईको प्रतिक्रिया