एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने

कठमाडौँ । अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छ ।
चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।
पार्टिले सोचे जस्तो परिणाम नआएता पनी गठबनधनलाई नै निरन्तरता दिने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
गठबन्धनका कारण प्राप्त गरेका उपलब्धीलाई रक्षा गर्नका लागी र गठबन्धनको भावना अनुसार भोलि पनि काम गर्नेे निष्कर्षमा पुगेको खतिवडाले जानकारी दिए ।
खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया