वडा सचिव हमालको विदाई आचार्यलाई स्वागत


सुर्खेत । लेकवेशी ५ का वडा सचिव नरेन्द्र हमालको विदाई संगै दिपक आचार्यलाई स्वागत गरिएको छ । विगत ७ वर्षदेखी वडा नम्वर ५ नेटामा कार्यरत वडा सचिव हमालको लेकवेशी नगरपालिकामा सरुवा भएको थियो । मंगलबार एक कार्यक्रमको आयोजना गरी हमालको विदाई र आचार्यलाई स्वागत गरिएको हो । वडाको कार्यभार सम्हाल्दै वडा सचिव आचार्यले सुसासनयुक्त वडा बनाउन वडा नम्वर ५ वासिको सहयोग महत्वपुर्ण रहेको बताए । वडा नम्वर ५ का वडा अध्यक्ष चक्र बहादुर शाहीले हमाललाई विदाई गर्दै आचार्यलाई स्वागत गरेका हुन् ।


तपाईको प्रतिक्रिया