सिभिल बैंकको १२ औँ वार्षिक उत्सवमा छात्रवृत्ति प्रदान

जाजरकोट । सिभिल बैंक शिवालय शाखाले आफ्नो १२ औं स्थापना दिवसका अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक रविन रानाको नेतृत्वको टोलीले शिवालय गाउँपालिका वडा नं को सरस्वति माध्यमिक विद्यालय सिमामा कक्षा ७ मा अध्यनरत रुपा नेपालीलाइ छात्रवृत्ति प्रदान गरेको हो । त्यसक्रममा उनलाई पाँच हजार धनराशिको चेक हस्तान्तरण गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयकी गरिब तथा जेहेन्दार छात्रा नेपालीको पढाइमा सहयोग पुगोस भन्ने उद्धेश्यले छात्रवृत्ति प्रदान गरिएको साथै उक्त विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम पनि गरीएको बैंकका शाखा प्रबन्धक रानाले बताए । हरेक वर्ष सिभिल बैंकको यो शाखाले गरिब तथा जेहेन्दर एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया