जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिका ५ थालारैकरमा स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड सम्बन्धी १ दिने अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ । शिवालय गाउँपालिका स्वास्थ्य शाखाकोे आयोजनामा तथा स्वास्थ्य चौकी थालारैकरको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अभिमुखिकरण कार्यकममा शिवालय गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण विसि र स्वास्थ्य चौकी थालारैकरका इन्चार्ज हरी प्रसाद पोख्रेलले कार्यक्रमको बारेमा जानकारी एवम प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वास्थ्य चौकी सम्वन्धी विभिन्न प्रस्तावका साथै नेपाल सरकारको निर्देशिका बमोजिम न्युनतम सेवा मापदण्ड सम्बन्धी गुणस्तर सुधार समितिको पुर्नगठन गरिएको छ ।

जसमा गोपाले दमाई अध्यक्ष, विमला खत्री उपाध्यक्ष, र सदस्यहरुमा सुर्मा शाही, लिलन रेग्मी, पदमा कुमारी शाही , दिपेन्द्र बहादुर शाही, भिम बहादुर दमाई, नर बहादुर शाही लगायत अन्य व्यक्तिहरु रहेका छन् । उक्त कार्यक्रममा शिवालय गाउँपालिका ५ का वडा अध्यक्ष गोपाले दमाईको अध्यक्षता, शिवालय गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण विसिको प्रमुख आतिथ्यता, स्वास्थ्य चौकी थालारैकरका इन्चार्ज हरी प्रसाद पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको शिवालय गाउँपालिका नेपाली कांग्रेसका पार्टी सचिव एवम् सल्लहाकार कृष्ण शाहीले जानकारी दिए । शाखा प्रमुख बुढाको स्वागत मन्तव्य रहेको कार्यकमको सञ्चालन अहेव कमलराज बुढाले गरेका थिए ।




दर्शन खबर । १२ मंसिर २०७९, सोमबार