सुकुम्वासी बस्ती हटाउन खोज्दा बालेनका एसपी पाण्डेमाथी ढुङ्गा प्रहार


काठमाडौं । महानगरले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गएका महानगरका एसपि माथी स्थानियले ढुङ्गा प्रहार गरेका छन् । सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको छ । आवेगमा आएका सुकुम्वासीहरुले ढुंगामाुडा प्रहार गरिरहेका छन् । सुकुम्वासीहरूले हानेको ढुङ्गा लागेर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ । उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसिरहेका छन् । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो । काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिने सूचना जारी गरेको थियो।



तपाईको प्रतिक्रिया