गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको प्रतिक्रिया दिएका छन । गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाण पत्र बुझेपछि शुक्रवार उनले गोरखा सदरमुकामस्थित हरमटारी जिविस चोकमा भएको विजयी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रचण्डले गोरखामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भए पनि देशभर सोचेजस्तो चुनावी परिणाम नआएको उल्लेख गरे । उनले गोरखा २ का गाउँगाउँमा पुगेर केही दिनपछि मात्रै आफूले धन्यबाद सभाहरू गर्ने बताए । उनले यो चुनावमा परिवर्तन उल्टाउने चेष्टा भएको समेत आरोप लगाएका छन । उनले कुनै पनि हालतमा परिवर्तन उल्टाउन नदिइने बताएका थिए ।


दर्शन खबर । ९ मंसिर २०७९, शुक्रबार