सुर्खेत २ प्रदेश सभा (ख) मा माओवादीका विन्दमान विष्ट फराकिलो मतान्तरले विजयी

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा नेपाल कम्युनिष्ट पार्टी माओवादीका उम्मेदवार विन्दमान विष्ट विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार माओवादीका उम्मेदवार विष्टले १३ हजार ९ सय ९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार तारा केशर गौतमले ९ हजार ३ सय ३० मत ल्याएका थिए । यस्तै नेकपा एकीकृत समाजवादीका मोहन सिँह बडुवालले ६ हजार २ सय ९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कर्ण बहादुर रेगामी मगरले ७ सय ९२ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार गगन कामीले ९४ मत प्राप्त गरेको हुन् । विष्टले ४ हजार ५ सय ७९ मतान्तरले गौतमलाई पराजित गरेका हुन । सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा ख कुल ५६ हजार ५७ मतदाता रहेकोमा ३१ हजार ९ सय ६१ मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । उक्त क्षेत्रमा ३० हजार ३ सय ३४ मत सदर भएको छ भने १ हजार ६ सय २७ मत बदर भएको छ ।



तपाईको प्रतिक्रिया