रविको पार्टीको उदय भएको छैन, मिडियाको कृपा हो : अध्यक्ष ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको पार्टीको उदय नभएको टिप्पणी गरेका छन् । झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पत्रकारले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय बारे सोधेको प्रश्नमा यो मामुली कुरा भएको बताएका छन् । ओलीले भने,- ‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो । धेरै उदय भनेर जे प्रचार, जस्तो  प्रोप्रोगान्डा गरियो, त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ ।’ ओलीले रविको पार्टीको गन्तव्य नभएको भन्दै हा हु मा देश लैजाने कुरा नेपालको हितमा नभएको बताए । उनले भने- ‘त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन ।’ झापा -५ बाट फराकिलो मतान्तरले विजयी भएका ओली विजयी सभामा सहभागी हुन आज झापा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया