माओवादी अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १३ हजार ४६६ मतान्तरले जित निकालेका हुन् । यसअघि चितवनको क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका प्रचण्डले यसपटक गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए । प्रचण्डले २६ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् । त्यस क्षेत्रबाट उम्मेदवारी दिएका एमालेका अब्दुस मियाले तेस्रो हुँदै ७ हजार ३९३ मत ल्याए ।

तपाईको प्रतिक्रिया