दैलेख १ मा समाजवादीका कर्णाली प्रदेश अध्यक्ष थापा विजयी

दैलेख। दैलेख क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा विजयी भएका छन्। पछिल्लो मतपरिणामअनुसार उनले १८ हजार २ सय ५६ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत पाएका छन्। थापाले ८४९ मतको अन्तरले जित हासिल गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाहीले ४ हजार ६ सय २ मत प्राप्त गरेकी छन्।

तपाईको प्रतिक्रिया