जाजरकोटमा माओवादी केन्द्रका को ‘ह्याट्रिक’ जित

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ ३४ हजार १५१ मत प्राप्त गरेर विजयी हुनुभयो ।  उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत ल्याउनुभयो । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि बस्नेत जाजरकोटबाट विजयी हुनुभएको थियो । योसँगै उहाँ तीन पटक जित्न सफल हुनुभएको छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनाव र २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उहाँ जाजरकोटबाटै निर्वाचित हुनुभएको थियो । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ ३४ हजार १५१ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत ल्याउनुभयो । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि बस्नेत जाजरकोटबाट विजयी हुनुभएको थियो । योसँगै उहाँ तीन पटक जित्न सफल हुनुभएको छ । २०७० सालमा भएको संविधानसभाको दोस्रो चुनाव र २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि उहाँ जाजरकोटबाटै निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया