सल्यान। सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले फराकिलो अग्रता लिएका छन् । हालसम्म गणना भएको ५१ हजार ५२५ मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार ज्वालाले २२ हजार १०४ मत पाएका छन् । यो उनका निकट प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह (पुतली) चिन्ह भन्दा ९ हजार ११८ मतले बढी हो । पछिल्लो मतपरिणाम अनुसार शाहले १२ हजार ९८६ र एमालेका राजेन्द्रवीर रायले ७ हजार ४८९ मत प्राप्त गरेका छन् । आइतवार सम्पन्न मतदानमा प्रतिनिधि सभातर्फ ८४ हजार २२ मत खसेको थियो ।


दर्शन खबर । ७ मंसिर २०७९, बुधबार